१ सम्पादकीय

गर्ने मन त धेरै छ तर सकिदैन |आफ्नो क्षमता अनि दक्षता देखि आफैदेखि रिष उठेर आउछ |राम्रो गरौ सबै को प्यारो बनौ ,यो त सबैले चाहने कुरो हो तर सबैको प्यारो बन्न र हाई हाई हुन केहि त गर्ने पर्यो नि , तर बेलामा केहि गर्न नसकेपछि आफै देखि बिरक्तियो अनि जिन्दगी काट्यो |येही हो सबैको वास्तविकता |तर सबैमा यो लागू हुन्छ भन्ने नि छैन |कसैले त भाग्य नै बलियो लिएर आएका हुन्छन कोहि जन्मजात महाराज हुने कोइ जन्मजात दास दासी |यो संसार मा एस्तै हुन्छ |अरु के के हुन्छ ?आउनूस यो ब्लग मा आफ्नाकुरा हरू बाडनोस |यो संसार वास्तविकता हरूको खोजि गर्ने तपाईहरूकै ब्लग हो |सबैको दुख सुख को साथि यो संसारमा सहभागी हुनुहोस भन्ने मेरो चाहना हो |

Respond to this post